पब्लिक क्याम्पस सङ्घ तनहुँमा जितप्रकाश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पब्लिक क्याम्पस सङ्घ तनहुँमा जितप्रकाश

    खबरपुञ्ज संवाददाता

    २१ चैत्र २०७७, आईतवार

    तनहुँ : नेपाल पब्लिक क्याम्पस सङ्घ तनहुँको अध्यक्षमा भीमादस्थित जनज्योति क्याम्पसका अध्यक्ष जितप्रकाश आले सर्वसम्मत निर्वाचित हुनुभएको छ । सङ्घको शनिबार सम्पन्न चौथो जिल्ला अधिवेशनबाट आलेको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन भएका हो ।

    सङ्घको उपाध्यक्षमा सिकेबिके कलेजका अध्यक्ष इन्द्रबहादुर कुंवर, सचिवमा आदिकवि भानुभक्त क्याम्पस प्राध्यापक सङ्घका सभापति विजयराज खनाल, कोषाध्यक्षमा आँबुखैरेनी क्याम्पसका प्रमुख ऋषि केसी, सहसचिवमा तनहुँ शारदा कलेजका प्राध्यापक सङ्घका सभापति गोविन्दप्रसाद भट्टराई चयन हुनुभएको छ ।

    त्यस्तै सदस्यहरुमा पुर्कोट कालिका क्याम्पसका अध्यक्ष दुर्गाबहादुर राउत, त्रिभुवन क्याम्पसका प्रमुख रवीन्द्रराज जोशी, बन्दीपुर क्याम्पसका प्रमुख विक्रम पिया र प्राध्यापक सङ्घका सभापति गोबर्धन भट्टराई, शहीद कृष्ण क्याम्पसका प्रमुख हरि लामिछाने र भानुभक्त बहुमुखी क्याम्पस प्राध्यापक सङ्घका सभापति निरोज भट्टराई चयन हुनुभएको छ ।

    अधिवेशनले तीन सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । जसमा आदिकवि भानुभक्त क्याम्पसका सञ्चालन समितिका अध्यक्ष ब्रम्हदत्त तिमिल्सिना, आँबुखैरेनी क्याम्पस सञ्चालन समितिका अध्यक्ष बंशीराम प्रधान र त्रिभुवन क्याम्पसका सञ्चालन समितिका अध्यक्ष टेक बहादुर गुरुङ चयन हुनुभएको छ ।

    अधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले स्थानीय स्तरमा स्थापित सामुदायिक क्याम्पसहरुले शिक्षा क्षेत्रमा महत्वूर्ण योगदान पु¥याएको बताउँदै स्थानीय तहहरुले सामुदायिक क्याम्पसलाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

    नेपाल पब्लिक क्याम्पस सङ्घका पूर्व केन्द्रीय अध्यक्ष एवं व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सामुदायिक क्याम्पसहरुले भोगिरहेका समस्याहरु उजागर गर्दै सामुदायिक क्याम्पसको व्यवस्थापन र सञ्चालनका लागि छुट्टै विश्वविद्यालय स्थापना गर्नुपर्ने बताउनुभयो ।

    म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी रानाले सामुदायिक क्याम्पसका समस्या समाधानका लागि स्थानीय तहहरु तयार रहेको बताउनुभयो । नेपाल पब्लिक क्याम्पस सङ्घ गण्डकी प्रदेश संयोजक तथा आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले सामुदायिक क्याम्पसमा सरकारको उदासिनता रहेको गुनासो गर्नुभयो ।

    नेपाल पब्लिक क्याम्पस सङ्घ गण्डकी प्रदेश सदस्य मुक्ति रेग्मीले नेपालको करिब ४० प्रतिशत उच्च शिक्षा धानेको सामुदायिक क्याम्पसप्रति राज्यले आफ्नो दायित्व र जिम्मेवारी बढाउनुपर्नेमा जोड दिनुभयो ।

    अधिवेशनले सामुदायिक क्याम्पसको विकासका लागि स्थानीय सरकारसँग समन्वय गर्नका लागि संयुक्त बैठक आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै चैत २६ र २७ गते आदिकवि भानुभक्त क्याम्पसमा हुन लागेको राष्ट्रिय भेलालाई सफल पार्ने, तीनै तहका सरकारलाई सामुदायिक क्याम्पसहरुको सवलीकरणका लागि अनुरोध गर्ने निर्णय भएको छ ।