


तनहुँ : नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको अध्यक्षमा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । चैत २५ गते हुने निर्वाचनका लागि आइतबार प्रेस युनियनका तर्फबाट शेष मोहम्मद हनिफ (गोरा मियाँ) र प्रेस चौतारी तथा प्रेस मञ्चका तर्फबाट उज्वल पौडेल उम्मेदवारी दर्ता गराउनुभएको हो ।
यस पटक केन्द्र, प्रदेश र जिल्ला शाखाको एकैपटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट मतदान हुँदैछ । तनहुँ शाखामा २९ पदका लागि ४८ जना चुनावी प्रतिस्पर्धामा छन् । पदाधिकारी तथा सदस्य १८, केन्द्रीय परिषद् सदस्य तीन र गण्डकी प्रदेश परिषद् सदस्य ८ जनाका लागि चुनाव हुँदैछ ।
महासङ्घको शाखा उपाध्यक्षमा धनपति अधिकारी र समुन्द्र पौडेल, महिला उपाध्यक्षमा अस्मिता खनाल र सम्झना रसाइली, सचिवमा कृष्णचन्द्र न्यौपाने र प्रताप राना, सहसचिव खुल्लामा ऋषिकान्त दुवाडी र प्रकाश अधिकारी, सहसचिव समावेशीमा मिलाकुमारी दरै र सुनिता आचार्य, कोषाध्यक्षमा विमला दुवाडी र मदन तिमिल्सिनाको उम्मेदवारी परेको छ ।


सदस्य खुल्लामा उपेन्द्र खनाल, किरण श्रेष्ठ, चित्रबहादुर गुरुङ, धु्रवराज सुवेदी, प्रकृती खनाल, विनोद ढुङ्गाना, रवीन्द्र कंडेल, राजेश्वर हड्खले, विकास खनाल, विष्णु गौतम, श्रीहरी पौडेल, सूर्यभक्त पौडेलको उम्मेदवारी परेको छ । महिला सदस्यमा विन्दु वाग्ले र सुनिता थापा, जनजाति सदस्यमा राजकुमार श्रेष्ठ ९विवि० र सिर्जना राना, दलित सदस्यमा अशोक विश्वकर्मा र मुना कालिराज विकेको उम्मेदवारी परेको छ भने समावेशी अन्य सदस्यमा रामशरण नेपालीको मात्रै उम्मेदवारी परेको छ ।



केन्द्रीय परिषद् सदस्यमा महिलातर्फ अञ्जना तिमिल्सिना र बसन्ती बास्तोला, समावेशीमा रामबहादुर घले, ओमकार आचार्य र मनोरथ शर्माको उम्मेदवारी परेको छ । प्रदेश परिषद् सदस्यका लागि इश्वरीप्रसाद ढकाल, दिवस तिवारी, पूर्णबहादुर विके, मदन वाग्ले, रघुनाथ पौडेल, रमेश विकल, रविना ढकाल, राजकुमार श्रेष्ठ, राजिवलाल श्रेष्ठ र शङ्करराज नहर्कीको उम्मेदवारी परेको छ ।
निर्वाचन तालिका अनुसार चैत २३ गते अपरान्ह १२ः३० बजेसम्म उम्मेदवार उपरको दावी विरोध, दिउँसो २ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन पाउनेछन् । चैत २३ गते दिउँसो ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । चैत २५ गते बिहान ९ बजदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । मतदानमा १ सय १६ मतदाताले सहभागिता जनाउनेछन् ।