बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    खबरपुञ्ज संवाददाता

    २२ चैत्र २०७७, सोमबार

    तनहुँ : बैङ्किङ कसुर मुद्दामा दोषी ठहरिएर फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका–१२ मिर्लुङ स्थायी घर भएकी २७ वर्षीया आशा थापा अधिकारी रहेकी छन् ।

    विगत ९ महिनादेखि फरार रहेकी उनलाई काठमाडौस्थित बुढानिलकण्ठ नगरपालिका–९ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । उनलाई उच्च अदालत पाटतले विसं २०७७ असार १४ गते दुई दिन कैद र रु ६ लाख जरीवानाको फैसला सुनाएको थियो ।

    पक्राउ परेकी अधिकारीलाई कैद तथा जरीवाना भुक्तानीका लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको छ ।