तनहुँका दश वटै पालिकामा युवासङ्घको संयोजक चयन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका दश वटै पालिकामा युवासङ्घको संयोजक चयन

    खबरपुञ्ज संवाददाता

    २२ चैत्र २०७७, सोमबार

    तनहुँ : तनहुँका दशवटै पालिकामा युवासङ्घको संयोजक र सहसंयोजक चुनिएका छन् । सोमबार नेकपा एमाले पार्टी कार्यालयमा भएको भेलाले सबै पालिकामा संयोजक र सहसंयोजक चयन गरेको हो ।

    भेलाले तनहुँ संयोजकमा उज्वल खनाल र सहसंयोजकमा सुरेन्द्र अधिकारीलाई चयन गरेको छ। शुक्लागण्डकीको संयोजकमा सुरेन्द्र तामाङ र सहसंयोजकमा रामचन्द्र केसी, भीमादको संयोजकमा माधव थापा र सहसंयोजकमा शिबबहादुर आले, ऋषिङको संयोजकमा आशिष गिरी र सहसंयोजकमा रोशन गुरुङ चयन हुनुभएको छ ।

    घिरिङको संयोजकमा गोपाल विक र सहसंयोजकमा झपेन्द्र गुरुङ, म्याग्देको संयोजकमा सन्तोष राना मगर र सहसंयोजकमा बसन्त थापा मगर, व्यासको संयोजकमा कृष्णकुमार श्रेष्ठ र सहसंयोजकमा अजित पन्थ, भानुको संयोजकमा बीरबहादुर लामा (चिजा), बन्दीपुरको संयोजकमा कैलाश श्रेष्ठ र सहसंयोजकमा अमिर गुरुङ, ऑबुको संयोजकमा बासुदेव पुडासैनी र सहसंयोजकमा किरण आले, देवघाटको संयोजकमा शुकु गुरुङ चयन हुनुभएको छ ।

    भेलाले युवासङ्घको अधिवेशन चैत ३१ गते गर्ने निर्णय गरेको छ। भेलामा युवासङ्घका केन्द्रीय उपाध्यक्ष अशोक चौलागाइले सम्बोधन गर्नुभएको थियो ।