अवैध उत्खनन् गर्ने १३ सवारी नियन्त्रण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अवैध उत्खनन् गर्ने १३ सवारी नियन्त्रण

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरेको अवस्थामा प्रहरीले १३ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । तनहुँका विभिन्न स्थानीय तहमा अवैध रुपमा उत्खनन् गर्दै गरेको अवस्थामा प्रहरीले चार एक्साभेटर, दुई जेसीभी, चार ट्याक्टर र तीन टिप्पर नियन्त्रणमा लिएको हो ।

    म्याग्दे गाउँपालिका–५ छाङपाटनमा नदी बगरबाट अबैध रुपमा गिट्टी बालुवा उत्खनन् गर्दै गरेको अवस्थामा ग १ क २८७९ को जेसीभीलाई नियन्त्रणमा लिइएको छ । उक्त सवारीलाई कारवाहीका लागि पठाइएकामा म्याग्दे गाउँपालिकाले रु २० हजार जरीवाना गरेको छ ।

    व्यास नगरपालिका–७ गलमखोला स्थित सामुदायिक वनको निषेधित क्षेत्रमा अवैध रूपमा ढुङ्गा उत्खनन् गर्दै गरेको अवस्थामा ना १ क ६२५२ नम्बरको एक्साभेटर सहित ग १ त ६०९८ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको छ । ती सवारीलाई कारवाहीका लागि पठाइएकामा व्यास नगरपालिकाले रु २० हजार जरीवाना गराएको छ ।

    भीमाद नगरपालिका–५ एक्ले भन्ने ठाउँमा बिना ईजाजत गिट्टी बालुवा उत्खनन् गर्दै गरेको अवस्थामा एक्साभेटर सहित बालुवा लोड गरेको ग १ त ४०६१ नम्बरको टिप्परलाई नियन्त्रणमा लिइएको छ । शुक्लागण्डकी नगरपालिका–८ मा रहेको जमिनबाट बिना ईजाजत ढुङ्गा माटो उत्खनन् गरिरहेको अवस्थामा ग १ क ३४३५ नम्बरको एक्साभेटर सहित लोड गरिरहेका ग १ त ३१९०, ग १ त ३४२१ र ग १ त ३०७० नम्बरको ट्याक्टरहरुलाई नियन्त्रणमा लिइएको छ । ती सवारीलाई कारवाहीका लागि शुक्लागण्डकी पठाइएकामा रु ५६ हजार जरीवाना भएको छ ।

    शुक्लागण्डकी नगरपालिका–९ छहरा स्थितमा रहेको जमिनबाट बिना ईजाजत अवैध रुपमा नदिजन्य पदार्थहरु उत्खनन् गरिरहेको अवस्थामा ग १ क ३७८८ नम्बरको एक्साभेटर र ग १क ३१७५ नम्बरको जेसीभी सहित ग १ क ३२५२, ग १ क ३२५१ नम्बरको टिप्परलाई नियन्त्रणमा लिइ कारवाहीका लागि नगरपालिका बुझाइएको छ ।