पत्रकार महासङ्घ तनहुँमा ६ जना सर्वसम्मत निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पत्रकार महासङ्घ तनहुँमा ६ जना सर्वसम्मत निर्वाचित

    खबरपुञ्ज संवाददाता

    २३ चैत्र २०७७, मंगलवार

    तनहुँ : नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको निर्वाचनका लागि उम्मेदवारी दिनुभएका ६ जना सर्वसम्मत निर्वाचित हुनुभएको छ । विभिन्न पदमा उम्मेदवारी दर्ता गर्नुभएका ६ जना सर्वसम्मत निर्वाचित निर्वाचित हुनुभएको हो ।

    जिल्ला कार्यसमिति पदमा समावेशी अन्य पदमा रामशरण नेपाली, केन्द्रीय परिषद् सदस्य समावेशीतर्फ रामबहादुर घले निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै प्रदेश परिषद् सदस्यमा दलिततर्फ पूर्णबहादुर विके, जनजातितर्फ राजकुमार श्रेष्ठ र राजिवलाल श्रेष्ठ तथा महिलातर्फ रविना ढकाल निर्विरोध निर्वाचित हुनुभएको हो ।

    महासङ्घको निर्वाचन बुधबार हुँदैछ । महासङ्घको अध्यक्षमा शेष मोहम्मद हनिफ (गोरा मियाँ) र उज्वल पौडेलबीच प्रतिस्पर्धा हुँदैछ । शाखा उपाध्यक्षमा धनपति अधिकारी र समुन्द्र पौडेल, महिला उपाध्यक्षमा अस्मिता खनाल र सम्झना रसाइली, सचिवमा कृष्णचन्द्र न्यौपाने र प्रताप राना, सहसचिव खुल्लामा ऋषिकान्त दुवाडी र प्रकाश अधिकारी, सहसचिव समावेशीमा मिलाकुमारी दरै र सुनिता आचार्य, कोषाध्यक्षमा विमला दुवाडी र मदन तिमिल्सिनाबीच प्रतिस्पर्धा हुँदैछ ।

    सदस्य खुल्लामा उपेन्द्र खनाल, किरण श्रेष्ठ, चित्रबहादुर गुरुङ, धु्रवराज सुवेदी, प्रकृती खनाल, विनोद ढुङ्गाना, रवीन्द्र कंडेल, राजेश्वर हड्खले, विकास खनाल, विष्णु गौतम, श्रीहरी पौडेल, सूर्यभक्त पौडेलको उम्मेदवारी परेको छ । महिला सदस्यमा विन्दु वाग्ले र सुनिता थापा, जनजाति सदस्यमा राजकुमार श्रेष्ठ (विवि) र सिर्जना राना, दलित सदस्यमा अशोक विश्वकर्मा र मुना कालिराज विकेबीच प्रतिस्पर्धा हुँदैछ ।

    केन्द्रीय परिषद् सदस्यमा महिलातर्फ अञ्जना तिमिल्सिना र बसन्ती बास्तोला, ओमकार आचार्य र मनोरथ शर्माबीच प्रतिस्पर्धा हुँदैछ । प्रदेश परिषद् सदस्यका लागि इश्वरीप्रसाद ढकाल, दिवस तिवारी, मदन वाग्ले, रघुनाथ पौडेल, रमेश विकल र शङ्करराज नहर्कीबीच प्रतिस्पर्धा हुँदैछ ।