शुक्लागण्डकीमा महिला उद्यमी बिकास समिति गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीमा महिला उद्यमी बिकास समिति गठन

    खबरपुञ्ज संवाददाता

    २३ चैत्र २०७७, मंगलवार

    दुलेगौँडा : शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ अन्तर्गत महिला उद्यमी बिकास समिति गठन गरिएको छ । मंगलबार बेलचौतारामा भएको भेलाले बसन्ता श्रेष्ठको अध्यक्षतामा नौ सदस्यिय तदर्थ समिति गठन गरिएको हो ।


    समितिको उपाध्यक्षमा देवी न्यौपाने, सचिवमा लक्ष्मी थापा र कोषाध्यक्षमा मीना पौडेल चयन हुनुभयो । सदस्यहरुमा सपना सिग्देल, गुनसिरी गुरुङ, चन्द्रा केसी र मुना मल्ल चयन भएका छन् ।


    संघका अध्यक्ष बसन्त ज्वाचनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका पुर्व उपाध्यक्ष कृष्णराज पण्डित, तनहुँ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिका सभापति राधिका परियार लगायतले बोल्नुभएको थियो ।