गण्डकीका कुनै गाउँमा खानेपानीको समस्या रहने छैन् : मन्त्री गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गण्डकीका कुनै गाउँमा खानेपानीको समस्या रहने छैन् : मन्त्री गुरुङ

    खबरपुञ्ज संवाददाता

    २४ चैत्र २०७७, बुधबार

    तनहुँ : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले अब गण्डकी प्रदेशका कुनै गाउँमा खानेपानीको समस्या नरहने बताउनु भएको छ । ‘हामीले खानेपानी पाएनौ भनेर भन्नुपर्ने अवस्था रहेको छैन् । प्रविधीको बिकासको कारणले गर्दा गाउ–गाउँमा खानेपानी पु¥याउन सकिएको छ’, उहाँले भन्नुभयो ।


    तनहुँको भिमाद नगरपालिका–५ मिछुर्लुङ्गमा मिछुर्लुङ्ग धरादी खानेपानी आयोजनाको मंगलबार उद्घाटन गर्दै मन्त्री गुरुङले प्रदेश सरकारले प्रदेशका कुनै पनि गाउँबस्तीमा आधारभुत खानेपानीको समस्या हुने छैन् भनेर घोषणा गरेको उल्लेख गर्नुभयो । ‘एक घण्टा बढी समय दिएर पानी ल्याउनुपर्ने बस्ती छन भने त्यहाँ आधारभुत खानेपानीको योजना सञ्चालन गरेर खानेपानी पु¥याउने योजना अगाडी बढाएका छौँ’, उहाँले भन्नुभयो ।


    दुई बर्षको अवधीमा त्यस्ता ठाउँको पहिचान गरेर खानेपानी पु¥याउने काम भईरहेको उहाँले जानकारी दिनुभयो । यो कार्यक्रम जारी रहेको उहाँको भनाई छ । मन्त्री गुरुङले पाँच बर्षे कार्यकालमा आधारभुत खानेपानीको कार्यक्रमलाई गति दिने बताउनुभयो ।


    भिमाद नगरपालिकाका मेयर मेखबहादुर थापाले स्थानिय सरकारले खानेपानीको काम देखिने गरी गरेको बताउनुभयो ।


    उपमेयर शारादा खनालले घर–घरमा खानेपानीको आयोजना सञ्चालन हुदाँ महिलाको दैनिकी नै सहज बन्ने उल्लेख गर्नुभयो ।

    धरादीको मुलबाट मिछुर्लुङ्गमा गाउँमा सोलार लिफ्टिङमार्फत पानी तानेर घर–घरै धारा जडान गरिएको छ । यहाँका ७२ घरमा धारा जडान गरिएको उपभोक्ता समितिका अध्यक्ष बाबुराम रानाले जानकारी दिनुभयो ।

    ६८ लाख ४६ हजार २ सय ४३ रुपैयाँको लागतमा आयोजना सम्पन्न भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँका प्रमुख किरण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो आयोजनामा गण्डकी प्रदेश सरकारको ५७ लाख ८४ हजार ९ सय ३ रुपैयाँ लगानी छ । घर–घरै धारा जडान हुने भएपछि स्थानिय उपभोक्ताले १० लाख ६१ हजार ३ सय ४० रुपैयाँ बराबरको जनश्रमदान गरेका थिए ।

    २०७६ पुस १५ गते सम्पन्न गर्ने लक्ष्यका साथ २०७५ माघ २९ गते सम्झौता भएको थियो । कोभिडको प्रभावले ढिलाई भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जनाएको छ ।