तनहुँ : नेपाल पत्रकार महासङ्घ तनहुँको निर्वाचनमा १ सय ११ मत खसेको छ । बिहान ९ बजेदेखि शुरु मतदानमा १ सय ११ मत खसेको हो ।
महासङ्घमा कूल ११६ मतदाता थिए । नेपाल पत्रकार महासङ्घमा पहिलो पटक केन्द्र, प्रदेश र जिल्ला शाखाको प्रत्यक्ष निर्वाचन भएको हो ।
महासङ्घको शाखा अध्यक्षमा शेष मोहम्मद हनिफ (गोरा मिया) र उज्वल पौडेलबीच प्रतिस्पर्धा भएको थियो । केही बेरमा मतगणना गर्ने कार्यक्रम रहेको निर्वाचन समितिका संयोजक कमलामोहन वाग्लेले जानकारी दिनुभयो ।