तनहुँ : नेपाल पत्रकार महासङ्घको निर्वाचन अन्तगरत तनहुँमा केन्द्रीय समितिको मतगणना सकिएको छ । करिब तीन घण्टाको अवधिमा केन्द्रीय समितिको मतगणना सकिएको हो ।
मतगणना अनुसार केन्द्रीय अध्यक्षका उम्मेदवार निर्मला शर्माले ४७ मत प्राप्त गर्नुभएको छ भने अर्का अध्यक्षका उम्मेदवार बिपुल पोख्रेलले ६२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै अध्यक्षका उम्मेदवार गजेन्द्रसिं बुढाथोकीले एक मत प्राप्त गर्नुभएको छ ।
प्रदेश समिति र जिल्ला समितिको मतगणना हुन बॉकी छ । तनहुँमा कूल ११६ मध्ये १११ मत खसेको थियो ।