तनहुँ : तनहुँका व्यवसायीलाई चुनावको रन्कोले छोएको छ। तनहुँ उद्योग वाणिज्य सङ्घ अन्तरगतका विभिन्न इकाईका व्यवसायीलाई चुनावको रन्कोले छोएको हो।
सङ्घ अन्तरगतका विभिन्न इकाईमा नयॉ नेतृत्व चयन भइसकेको छ भने केही इकाईमा निर्वाचन हुन बॉकी छ । सबैभन्दा बढी मतदाता रहेको दमौली बजार इकाईको अधिवेशन शुक्रबार र शनिबार हुँदैछ ।
इकाईको नेतृत्व लिनका लागि आकाङ्क्षीहरुले घरदैलो अभियान शुरु गरेका छन् । हालका कोषाध्यक्ष विन्दु श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दिने बताउँदै बिहीबार दमौलीमा मतदाता भेटघाट गर्नुभएको छ। आफ्ना एजेण्डा सहित श्रेष्ठले मतदातासँग भेटघाट गर्नुभएको हो ।
इकाई अध्यक्षका लागि हालका उपसभापति सुकनारायण मल्ल, सचिव दधिराज घिमिरे, भूपाल आले पनि आकाङ्क्षी हुनुहुन्छ।