हर्षमान श्रेष्ठ कोषाध्यक्षका उम्मेदवार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    हर्षमान श्रेष्ठ कोषाध्यक्षका उम्मेदवार

    खबरपुञ्ज संवाददाता

    २५ चैत्र २०७७, बिहीबार


    तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईको कोषाध्यक्षमा हर्षमान श्रेष्ठले उम्मेदवारी दिने बताउनुभएको छ । शुक्रबार र शनिबार हुने इकाईको २५ औ साधारणसभा तथा ११ औ अधिवेशनमा श्रेष्ठले कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

    लामो समयसम्म तनहुँको दमौलीमा कार्यथलो बनाएर व्यापार व्यवसाय गर्दे आउनुभएका श्रेष्ठले व्यवसायीको हकहितको लागि उम्मेदवारी दिने बताउनुभयो । व्यापार व्यवसाय राज्यको अर्थतन्त्रको मूल मेरुदण्ड भएपनि यसको सहि व्यवस्थापन हुन नसक्दा व्यवसाय धरासायी हुन थालेको उहॉले बताउनुभयो ।

    व्यापार, व्यवसाय समृद्ध भएमात्र राज्यको अर्थतन्त्र पनि उकासिने हुँदी त्यसलाई व्यवस्थित गर्नका लागि पनि आफ्नो उम्मेदवारी रहेको उहॉले बताउनुभयो । अव्यवस्थित बजारलाई व्यवस्थित गर्ने, राज्यद्वारा लागु गरिएको कर नीतिलाई व्यवसायीमुखी बनाउने दीर्घकालिन योजना रहेको उहॉले सुनाउनुभयो।

    श्रेष्ठ लामो समयदेखि पेय पदार्थ लगायत विभिन्न व्यापार व्यवसायमा संलग्न हुनुहुन्छ ।