वर्ल्डलिंकले ल्यायो निःशुल्क टीभी हेर्न पाइने नयाँ प्याक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    वर्ल्डलिंकले ल्यायो निःशुल्क टीभी हेर्न पाइने नयाँ प्याक

    खबरपुञ्ज संवाददाता

    २७ चैत्र २०७७, शुक्रबार

    काठमाडौ: नयाँ वर्ष २०७८ को आगमन सँगै इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले नयाँ अफर ल्याएको छ । ‘हर्षको नयाँवर्ष’ नामक नयाँ अफरमा वर्ल्डलिंकले ग्राहको रुची र मागलाई समेट्ने धेरै प्याकेजहरु समेटेको जनाएको छ ।

    कोरोना महामारीले सन्त्रस्त बनाएको २०७७ सालको बिदाइसँगै नयाँ वर्ष २०७८ सालले सुख, समृद्धि र सुस्वास्थ्य ल्याउने आशा सर्वत्र छ । त्यही अपेक्षासाथ ‘हर्षको नववर्ष’ अफर ल्याएको कम्पनीले जनाएको छ । जसमा हाम्रा आदरणीय ग्राहकहरूले बाह्र महिनाका लागि २०, ४० वा ८० एमबीपीएसको प्याकेज लिनुभयो भने समग्रमा ६२ प्रतिशतसम्म छुट पाउनुहुने छन् ।

    माथि उल्लेखित बाह्रमहिने अफरमा २०, ४० वा ८० एमबीपीएस प्याकेजमध्ये एक मात्र लिँदा पनि हाम्रा ग्राहकहरूले बाह्रै महिना नेट टीभीको सेवा निःशुल्क पाउनुहुने छन् । यसमा तीन महिना नेट टीभी प्राइम प्याकेज पनि पाउनुहुनेछ, जसमा फिल्म हेर्न सकिनेछ । वाईफाईको उत्कृष्ट अनुभवका लागि डुएल ब्यान्ड राउटर सित्तैंमा उपलब्ध गराउनेछौं । यससँगै जडान, वायरिङ, युट्युब र अन्य सामग्रीको सुविधासहित सेटअप बक्स पनि निःशुल्क हुने जनाएकोछ ।

    नयाँ वर्ष उत्सवको समय भएकाले नयाँ तथा पुराना ग्राहकहरूले सामान्यतः शुल्क लाग्ने सेवाहरूमा बढीभन्दा बढी छुटसहित तीव्र गतिको इन्टरनेटको आनन्द उठाउन कम्पनीले अनुरोध गरेको छ । वल्र्डलिंकका अध्यक्ष दिलीप अग्रवालले भन्नुभयो :– ‘हाम्रा प्रिय ग्राहकहरूको खुशीका लागि हामी निरन्तर क्रियाशील रहिआएका छौं । यही सचेतताका कारण, ग्राहक महानुभावहरू आफ्ना घरबाहिर पनि अनलाइन रहन सक्नुहोस् भनि हामीले नेपालभर १० हजारभन्दा बढी हटस्पटहरूको सिर्जना गरेका छौं । यो नयाँ वर्षले हाम्रा आदरणीय ग्राहकहरूका लागि उत्साहजनक धेरै नयाँ सामग्री र सेवा ल्याउनेछ, ताकि हामी ग्राहकहरूको जीवनलाई थप प्रभावकारी र सुखमय बनाउन सकौं ।’