तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईको शनिबार हुने अधिवेशनका लागि अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता भएको छ। इकाईको अध्यक्षका लागि हालका उपाध्यक्ष सुकनारायण मल्ल, सचिव दधिराज घिमिरे, कोषाध्यक्ष विन्दु श्रेष्ठ र भूपाल आलेले उम्मेदवारी दर्ता गर्नुभएको हो ।
व्यावसायिक हकहितका लागि भन्दै उहॉहरुले अध्यक्षमा उम्मेदवारी दर्ता गर्नुभएको हो । नयॉ नेतृत्व चयनका लागि शनिबार मतदान हुनेछ ।
इकाई उपाध्यक्षका लागि राजेश मल्ल, विजयराज पौडेल र इन्द्रलाल श्रेष्ठ (विकल्प) को उम्मेदवारी दर्ता भएको छ । कोषाध्यक्षका लागि हर्षमान श्रेष्ठ (साईराम), भरतकुमार श्रेष्ठ, किनकुमार श्रेष्ठ र अन्जु दाहालको उम्मेदवारी परेको छ ।
जिल्ला प्रतिनिधिका लागि महेश मल्ल, प्रकाशचन्द्र हड्खले, रमेशकुमार श्रेष्ठ, किशोरकुमार श्रेष्ठ र जुननारायण श्रेष्ठको उम्मेदवारी परेको छ।