तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको छ । बिहान ११ बजेदेखि शुरु भएको मतदान साँझ ५ः३० बजेसम्म चलेको थियो ।
कूल एक हजार ८५ मध्ये मतदानमा ८ सय ३५ मत खसेको इकाई सभापति राजकुमार श्रेष्ठ (राकु)ले जानकारी दिनुभयो । मतदान सकिएसँगै मतगणनाका लागि तयारी गरिएको छ । उहाँका अनुसार साँझ ७ बजेदेखि मतगणना गर्न लागिएको छ ।
इकाईको अध्यक्षका लागि सुकनारायण मल्ल, दधिराज घिमिरे, विन्दु श्रेष्ठ र भूपाल आलेबीच प्रतिस्पर्धा भएको छ । इकाई उपाध्यक्षका लागि राजेश मल्ल र विजयराज पौडेलबीच प्रतिस्पर्धा भएको छ । उपाध्यक्षमा उम्मेदवारी दिनुभएका इन्द्रलाल श्रेष्ठ (विकल्प) को उम्मेदवारी फिर्ता लिनुभएको थियो । कोषाध्यक्षका लागि हर्षमान श्रेष्ठ (साईराम), भरतकुमार श्रेष्ठ, किनकुमार श्रेष्ठ र अन्जु दाहालबीच प्रतिस्पर्धा भएको छ ।
जिल्ला प्रतिनिधिका लागि महेश मल्ल, प्रकाशचन्द्र हड्खले, रमेशकुमार श्रेष्ठ, किशोरकुमार श्रेष्ठ र जुननारायण श्रेष्ठबीच प्रतिस्पर्धा भएको छ । त्यस्तै सदस्यका लागि ब्रजेश साह, राजकुमार श्रेष्ठ, भरत पराजुली, युवराज भण्डारी, कमल गिरी, महोमद सलिम मिया, लालप्रसाद प्रधान, दिलबहादुर दरै, राजेन्द्र श्रेष्ठ, प्रकाश श्रेष्ठ, नारायण मल्ल, विष्णुलाल श्रेष्ठ, दिपक राई, सुजितनारायण श्रेष्ठ, मदन पौडेल, सुनिल श्रेष्ठ र केहरसिं आलेबीच प्रतिस्पर्धा भएको छ ।
अधिवेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक कोषाध्यक्ष, पाँच जिल्ला प्रतिनिधि र १४ जना इकाई सदस्य निर्वाचित हुनेछन् । सचिव भने मनोनित गर्ने प्रावधान छ ।