पत्रकार महासंघमा प्रेस युनियनका पोख्रेल प्यानलसहित निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पत्रकार महासंघमा प्रेस युनियनका पोख्रेल प्यानलसहित निर्वाचित

    खबरपुञ्ज संवाददाता

    २७ चैत्र २०७७, शनिबार

    काठमाडाै : नेपाल पत्रकार महासंघमा नेपाली कांग्रेस निकट पत्रकार संगठन नेपाल प्रेस युनियनका विपुल पोख्रेल अध्यक्षसहित कार्यसमितिमा उहाँको प्यानल नै निर्वाचित भएको छ। पोख्रेलले प्रधानमन्त्री केपी ओली पक्षधर दल नेकपा एमालेको प्रेस चौतारी नेपालबाट उम्मेदवार बन्नुभएकी शर्मालाई फराकिलो मतान्तरले पराजित गर्नुभयाे ।

    पोख्रेलले ५८७७ मत ल्याए भने शर्माले ३३२६ मत प्राप्त गर्नुभयाे । पोख्रेल यसअघिको पत्रकार महासंघको कार्यसमितिमा उपाध्यक्ष हुनुहुन्थ्याे । चैत २५ गते भएको चुनावपछि तीन दिनयता जारी मतगणना शनिबार अपराह्न सकिएको थियो।  

    ५१ सदस्यीय केन्द्रीय समितिमा पदाधिकारी सबै पोख्रेल नेतृत्वको गठबन्धनबाट निर्वाचित भएका छन्। कार्यसमितिमा तीन जना सदस्यबाहेक सबै पोख्रेल प्यानलबाट निर्वाचित हुनुभयाे । केन्द्रीय सदस्यमा प्रेस चौतारीबाट एक, एक जनता समाजवादी पार्टी निकट र अर्को स्वतन्त्र एक निर्वाचित हुनुभयाे ।