तउवासङ्घ दमौली बजार इकाई सभापतिमा भूपाल निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तउवासङ्घ दमौली बजार इकाई सभापतिमा भूपाल निर्वाचित

    खबरपुञ्ज संवाददाता

    २८ चैत्र २०७७, आईतवार

    दमाैली : तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईको अध्यक्षमा भूपाल आले निर्वाचित हुनुभएको छ । आइतबार बिहान सम्पन्न मतगणना अनुसार आले इकाई अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

    नयाँ नेतृत्व चयनका लागि शनिबार दिउँसो मतदान भएको थियो । एक हजार ८५ मध्य आठ सय ३५ ले मतदानमा सहभागिता जनाएका थिए ।

    आले दुई सय ७२ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको निवर्तमान अध्यक्ष राजकुमार श्रेष्ठ (राकु) ले जानकारी दिनुभयो । अध्यक्षका प्रतिस्पर्धी सुकनारायण मल्लले दुई सय २८, दधिराज घिमिरेले दुई सय ९ र विन्दु श्रेष्ठले एक सय तीन मत प्राप्त गर्नुभएको छ ।

    यसैगरी इकाई उपाध्यक्षमा राजेश मल्ल निर्वाचित हुनुभएको छ । उहाँले पाँच सय ४१ मत प्राप्त गर्दा प्रतिस्पर्धी विजयराज पौडेलले एक सय ९५ मत प्राप्त गर्नुभएको छ ।

    इकाई कोषाध्यक्षमा किनकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँले दुई सय ५८ मत प्राप्त गर्नुभयो । प्रतिस्पर्धी भरतकुमार श्रेष्ठले दुई सय ३९, अन्जु दाहाले दुई सय पाँच र हर्षमान श्रेष्ठले ८६ मत प्राप्त गर्नुभयो ।

    जिल्ला प्रतिनिधिमा महेश मल्ल ६ सय ९, रमेश श्रेष्ठ ५ सय ४४, एकप्रसाद श्रेष्ठ ५ सय ४९, किशोर श्रेष्ठ ५ सय ३६ र प्रकाशचन्द्र हड्खले ५ सय २६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

    इकाई सदस्यमा भरत पराजुली (४९४), विष्णुकुमार श्रेष्ठ (५२८), ब्रजेश शाह (५५९), दिलबहादुर दरै (६०५), दीपक राई (४४८), कमल गिरी (५३३), लालप्रसाद प्रधान (५१५, महमद सलिम मियाँ (६०८), नारायण मल्ल (५८१), प्रकाश श्रेष्ठ (५६९), राजेन्द्र श्रेष्ठ (५१९), राजकुमार श्रेष्ठ (५२९), सुनिल श्रेष्ठ (५७६) र युवराज भण्डारी (४९०) मत प्राप्त गरी विजयी हुनुभएको छ ।