माेटरसाइकल र स्कूटर ठाेक्किदा दुई घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    माेटरसाइकल र स्कूटर ठाेक्किदा दुई घाइते

    खबरपुञ्ज संवाददाता

    २८ चैत्र २०७७, आईतवार

    दमाैली : तनहुँकाे व्यास नगरपालिका-४ भाेर्लेटारमा आइतबार माेटरसाइकल र स्कूटर ठाेक्किदा दुई जना घाइते भएका छन् । ग १८ प ३७६ नम्बरकाे स्कूटर र ग १४ प १०५४ नम्बरकाे माेटरसाइकल ठाेक्किदा दुवै सवारी चालक घाइते भएका हुन् ।

    दुर्घटनामा मोटरसाइकल चालक व्यास नगरपालिका-१० रानीगाउँ बस्ने ५५ वर्षीय कृष्णकान्त कोइराला र स्कूटर चालक व्यास नगरपालिका-१० दुम्सीचाैर बस्ने १९ वर्षीय अभिषेक परियार घाइते भएकाे प्रहरीले जनाएकाे छ ।