प्रतिबन्धित लागुऔषध सहित युवा पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    प्रतिबन्धित लागुऔषध सहित युवा पक्राउ

    खबरपुञ्ज संवाददाता

    २८ चैत्र २०७७, आईतवार

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपबाट ठूलो परिमाणमा लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन शिवनगर १४ बस्ने ३२ वर्षीय हरि परियार रहेको प्रहरीले जनाएको छ ।

    पृथ्वीराजमार्गमा खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका परियारलाई शङ्का लागेर चेकजाँच गर्दा लागुऔषध सहित पक्राउ गरेको हो । प्रहरीले निजले बोकेको झोलाबाट फेनरागन १४४, डाइजेपाम १४४ र नुर्फिन १४४ गरी ४३२ थान प्रतिबन्धित लागुऔषध बरामद गरेको जनाएको छ ।