कम्युनिष्टको सिद्धान्त टाट उल्टियो : नेता पौडेल (भिडियो सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कम्युनिष्टको सिद्धान्त टाट उल्टियो : नेता पौडेल (भिडियो सहित)

    खबरपुञ्ज संवाददाता

    २८ चैत्र २०७७, आईतवार

    दुृलेगौँडा : नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टको सिद्धान्त टाट उल्टिएको बताउनुभएको छ । तनहुँको साँखेमा भएको कार्यकर्ता भेटघाट तथा नयाँ वर्ष २०७८ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘कम्युनिष्टका कोही नेता कार्यकर्ता अगाडी आओस् म उस्लाई भन्छु तिम्रा सिद्धान्त टाट उल्टिसकेको छ । तिम्रो सिद्धान्तले दुनियाँमा कहीँ काम गर्दैन् । बन्दुकले जनतालाई तर्साएर शासन चलाउला । तर, तिम्रो सिद्धान्त अनुसार देश कहीँ पनि चलाउन सक्दैनौँ ।’ कम्युनिष्टको सिद्धान्तले देश चलाउन नसक्ने पर्दाफास भईसकेको उहाँको भनाई छ । देश विकासका लागि कांग्रेसले कुनै कसर बाँकी नराखेको उहाँले दाबी गर्नुभयो ।


    नेता पौडेलले गत निर्वाचनमा कम्युनिष्टले जनतालाई आखामा छारो हालेर बहुमत ल्याएको बताउनुभयो । जनताले पाँच बर्षका लागी मत दिएको भएपनि दुई कम्युनिष्ट पार्टीबिचको एकता सिद्धान्तमा नभई अवसरवादमा आधारित भएकाले देश अहिलेको दुर्घटनामा फसेको उहाँको भनाई छ ।


    कांग्रेसमा अन्र्तघात पसेकाले तनहुँमा ६ वटै सिट गुमाउनु परेको बरिष्ठ नेता पौडेलको प्रस्टोक्ति छ । आफ्नो पराजय संसदमा खड्किएको उहाँको दाबी थियो । ‘तनहुँको पराजय राष्ट्रकै लागी पराजय जस्तो खड्किन पुगेको छ’, बरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीको आलोचना गर्दै भन्नुभयो, ‘व्यक्ति हत्याको जन्मदाता केपी ओली हो । माओवादीले सिक्यो त्यसैबाट । प्रचण्डेले फलायो फुलायो ।’


    कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पनि कम्युनिष्टहरु हिंस्रक भएको बताउनुभयो । भण्डारीले देशलाई निकास दिन अबको मंसिरसम्म चुनाव हुनुपर्ने उल्लेख गर्नुभयो ।

    आमन्त्रि केन्द्रीय सदस्य धुर्व वाग्लेले केपी ओलीले लोकतन्त्रको हुर्मत गरेको बताउनुभयो । उहाँले अब केपी ओलीको विकल्प खोज्नुपर्नेमा जोड दिए ।


    चुनावी माहोल सुरु भएको छनक दिने कार्यक्रममा राष्ट्रियसभाका सदस्य प्रकाश पन्थ, गण्डकी प्रदेशसभा सदस्य डोबाटे विक, सरिता गुरुङ, शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ, म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी राना, ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।