दुई वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दुई वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

    खबरपुञ्ज संवाददाता

    २९ चैत्र २०७७, सोमबार

    तनहुँ : लागुऔषध मुद्दामा अदालतबाट कैद तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गा बस्ने ५० वर्षीया कमलादेवी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    निजलाई आइतबार घरबाटै पक्राउ गरिएको हो । जिल्ला अदालत तनहुँले विसं २०७६ असार १६ गते निजलाई दुई वर्ष कैद सजायको फैसला सुनाएको थियो । इलाका प्रहरी कार्यालय डुम्रेबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।