नक्कली सुनको ढिक्का देखाई सक्कली सुन लुट्ने गिरोह पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नक्कली सुनको ढिक्का देखाई सक्कली सुन लुट्ने गिरोह पक्राउ

    खबरपुञ्ज संवाददाता

    २९ चैत्र २०७७, सोमबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–३ ट्राफिकचोकमा एक महिलाले लगाएको सुन लुट्ने गिरोह पक्राउ परेका छन् । म्याग्दे गाउँपालिका–१ धारादी बस्ने ६४ वर्षीया सेतीमाया राना मगरले लगाएको सुनको गरगहना झुक्याएर लुटपाट गर्ने धादिङ घर भई हाल कास्की पोखरा महानगरपालिका–११ रानीपौवा बस्ने ३९ वर्षीय सम्शेर सुनार र धादिङ घर भई हाल पोखरा महानगरपालिका–२६ बुढीबजार बस्ने ४४ वर्षीय प्रेम तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ परेकाविरुद्ध जिल्ला अदालत तनहुँबाट साेमबार ठगी सम्बन्धी कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

    भीडभाड हुने ठाउँमा यस्ता घटना हुन सक्ने पूर्व प्रारम्भिक अनुमान सहित प्रहरीले निगरानी बढाएको थियो । “त्यस्ता ठाउँहरुमा पहिल्यैदेखि प्रहरीले निगरानी बढाइरहेको थियो, यो घटनामा पनि शङ्कास्पद व्यक्तिहरुले महिलालाई सुनको जस्तो ढिक्का देखाई प्रलोभन देखाएको पाइयो,” प्रनाउ तिमिल्सिनाले भन्नुभयो, “महिलालाई एकान्तमा लगेर लुटपाट गर्ने बित्तिकै प्रहरीले उनीहरुलाई तत्कालै पक्राउ गर्न सफल भयो ।”