तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घको वैशाख ४ गते हुने अधिवेशनमा अध्यक्षका उम्मेदवार पविन्द्रकुमार श्रेष्ठले व्यावसायिक सुरक्षाको प्रत्याभूति र सामाजिक एकताका लागि आफूले उम्मेदवारी दिएको बताउनुभएको छ । सङ्घको अध्यक्षमा उम्मेदवारी दर्ता गराएपछि सोमबार पत्रकार सम्मेलन गर्दै श्रेष्ठले व्यावसायिक तालिम, रोजगारको सुरक्षा र सीप विकास योजनाका लागि आफूले उम्मेदवारी दिएको बताउनुभएको हो ।
सङ्घमा आफूले विगतदेखि गरेका योगदान नै आफ्नो जितको मुख्य कारण रहेको श्रेष्ठको भनाई छ । नैतिकवान एवं सक्षम नेतृत्व, बजार व्यवस्थापन र विस्तार, सबल र सुदृढ, बहुउद्देश्यीय भवन सहितको सचिवालय, उद्योग, व्यापार, कृषि र पर्यटनमा आधारित स्थानीय आर्थिक विकासलाई जोड दिने प्रमुख उद्देश्य रहेको श्रेष्ठले बताउनुभयो ।