तनहुँ : तनहुँकाे व्यास नगरपालिका-६ स्थित मादी नदी किनारबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ट्याक्टर नियन्त्रणमा लिइएकाे छ । अवैध रुपमा ढुङ्गा, गिटी लाेड गर्दै गरेकाे अवस्थामा प्रहरीले ना ७ त १११७ नं. को ट्याक्टर नियन्त्रणमा लिएकाे हाे ।
नियन्त्रणमा लिएकाे ट्याक्टर व्यास नगरपालिकामा बुझाइएकामा नगरपालिकाले रु आठ हजार जरीवाना गराएकाे छ ।