घाँस काट्न गएका महिलाले चितुवा देखेपछि…
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    घाँस काट्न गएका महिलाले चितुवा देखेपछि…

    खबरपुञ्ज संवाददाता

    २९ चैत्र २०७७, सोमबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–५ शेरा सामुदायिक वनबाट साेमबार चितुवा नियन्त्रणमा लिइएको छ । डिभिजन वन कार्यालय तनहुँले उक्त सामुदायिक वनबाट चितुवा नियन्त्रणमा लिएको हो ।

    कुमालगाउँका महिलाहरुले वनमा घाँस काट्न गएको बेला चितुवा देखेका थिए । महिलाहरुले चितुवा देखेपछि डिभिजन वन कार्यालयमा खबर गरेका थिए । डिभिजन वन कार्यालयबाट खटिएको टोलीले उक्त चितुवा नियन्त्रणमा लिएको कार्यालय प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । अन्दाजी ३५÷४० केजी रहेको उक्त चितुवा वृद्धअवस्थाको छ ।

    तनहुँका विभिन्न भागमा चितुवाको त्रास छ । चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँमा दश बालबालिकाले ज्यान गुमाएका छन् ।

    फाइल तस्वीर