दुलेगौँडा : राष्ट्रिय जनगणना २०७८ का लागि शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडामा स्थानीय जनगणनाको कार्यालय खुलेको छ । शुक्लागण्डकी नगरपालिका परिसरमा बुधबार कार्यालयको स्थापना गरिएको हो ।
यहाँ स्थापना गरिएको कार्यालयको कार्यक्षेत्र शुक्लागण्डकी नगरपालिकासँगै म्याग्दे गाउँपालिका पनि रहने स्थानीय जनगणना अधिकारी लक्ष्मण लम्सालले बताउनुभयो । राष्ट्रिय जनगणना २०७८ अन्तर्गत पहिलो चरणमा वैशाख २६ देखि जेठ १४ सम्म सुपरिवेक्षकमार्फत घर तथा परिवारको सूचीकरण हुने लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो चरणमा जेठ २५ देखि असार ८ गतेसम्म गणकहरु घर–घरमै पुगेर मुख्य प्रश्नावली भर्नेछन् ।