बीउ व्यवसायी सङ्घको समर्थन मिश्रलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बीउ व्यवसायी सङ्घको समर्थन मिश्रलाई

    खबरपुञ्ज संवाददाता

    ३१ चैत्र २०७७, बुधबार

    तनहुँ : नेपाल बीउ व्यवसायी सङ्घ (सियान) जिल्ला समन्वय समिति तनहुँले तनहुँ उद्योग वाणिज्य सङ्घको निर्वाचनमा बैकुण्ठनाथ मिश्रलाई समर्थन गरेको छ । बुधबार प्रेस विज्ञप्ती जारी गरी सङ्घले अध्यक्षका उम्मेदवार मिश्रलाई समर्थन गरेको हो ।

    उद्योग वाणिज्य सङ्घको निर्वाचन वैशाख ४ गते हुँदैछ । सङ्घका जिल्ला सचिव सुरेशचन्द्र घिमिरे र केन्द्रीय सदस्य गुञ्जमान कोइरालाद्वारा जारी विज्ञप्तीमा मिश्रको विजय सुनिश्चित गराउन सम्पूर्ण व्यवसायीलाई आग्रह गरिएको छ ।