नयाँ वर्ष मनाउन बन्दीपुरमा पर्यटकको भीड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नयाँ वर्ष मनाउन बन्दीपुरमा पर्यटकको भीड

    खबरपुञ्ज संवाददाता

    ३१ चैत्र २०७७, बुधबार

    तनहुँ : नेपाली नयाँ वर्ष मनाउन तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक पाहुनाको भीड लागेको छ । नयाँ वर्ष मनाउन देशका विभिन्न जिल्लाबाट आन्तरिक पाहुना बन्दीपुर आएका हुन् ।

    बन्दीपुरमा मङ्गलबार साँझबाट नै आन्तरिक पाहुनाको चहलपहल शुरु भएको बन्दीपुर पर्यटन विकास समितिले जनाएको छ । बुधबार बिहानबाट झन् पर्यटकको अत्याधिक बढेको समितिका सचिव बसन्त पौडेलले जानकारी दिनुभयो । “नयाँ वर्षको दिन बन्दीपुरमा आन्तरिक पर्यटकले भरिभराउ छ,” उहाँले भन्नुभयो, “बन्दीपुरको टँुडिखेल, मुख्य बजारमा पर्यटक खचाखच छन् ।” नयाँ वर्ष मनाउन बन्दीपुरमा करिब दश हजार पर्यटक आएको अनुमान गरिएको छ । “करिब उक्त सङ्ख्यामा पर्यटक आवतजावत भएको अनुमान छ,” उहाँले भन्नुभयो ।

    नयाँ वर्षको अवसरमा बन्दीपुरमा प्रत्येक वर्ष कार्यक्रम हुने गरेको थियो । तर यस वर्ष भने स्टेज कार्यक्रम गरिएको छैन । स्टेज कार्यक्रम नगरिएपनि प्रत्येक होटल व्यवसायीले आफ्नो होटल अगाडी साङ्गितिक कार्यक्रम गरेका छन् ।

    हिमालय दरबार होटलका सञ्चालक वैश गुरुङले बास बस्ने पर्यटकको सङ्ख्या न्यून रहेपनि दिउँसोमा घुम्न आउने पर्यटक अत्याधिक रहेको जानकारी दिनुभयो । “बन्दीपुरमा बास बस्ने पर्यटक यतिबेला कम मात्रामा छन्, घुम्न आउने पर्यटकको सङ्ख्या उत्साहजनक छ,” उहाँले भन्नुभयो । नेपालीमा घुम्ने संस्कृतिको विकास भएसँगै विभिन्न चाडपर्व, सार्वजनिक बिदा लगायतका दिन बन्दीपुरमा पर्यटक आउने गरेका छन् ।

    बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरी लगायतका हिमश्रृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलहरु यहाँ आउने पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।