बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    खबरपुञ्ज संवाददाता

    १ बैशाख २०७८, बिहीबार

    काठमाडाै : देशभरका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ । वैशाख ६ र ७ गते ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ क्याप्सुल जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    कोरोना भाइरस (कोभिड—१९) संक्रमणको उच्च जोखिम रहेकोले स्वास्थ्य सुरक्षा अपनाएर घर नजिकैको वितरण केन्द्रबाट राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।  

    भिटामिन ‘ए’ वितरण केन्द्रमा यसरी स्वास्थ्य सुरक्षा अपनाऔं

    —वितरण केन्द्रमा भिडभाड नगर्ने ।

    —कम्तिमा दुई मिटरको भौतिक दुरी कायम गर्ने ।

    —आफनो र बालबालिकाको सुरक्षाको लागि अनिवार्य रुपमा मास्कको सही तरिकाले प्रयोग गर्ने । 

    —साबुनपानीले हात धुने वा सेनिटाइजरले हात सफा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।