अध्यक्षमा पराजित भएपछि बैकुण्ठनाथ मिश्रको प्रश्न : मेरा विरुद्ध सबै आक्रामक किन ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अध्यक्षमा पराजित भएपछि बैकुण्ठनाथ मिश्रको प्रश्न : मेरा विरुद्ध सबै आक्रामक किन ?

    खबरपुञ्ज संवाददाता

    ४ बैशाख २०७८, आईतवार

    तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पराजित भएपछि बैकुण्ठनाथ मिश्रले आफ्नो विरुद्ध सबै एकजुट भएर लागेको बताउनुभएको छ । आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले नेपाली काङ्ग्रेसका विभिन्न गुट उपगुट, बीपी विचार मञ्च र केपी ओली समूह आफ्नो विरुद्ध लागेको उल्लेख गर्नुभयो ।

    केही अनुत्तरित प्रश्न भन्दै उहाँले सोध्नुभएको छ, “मेरा विरुद्ध के कति कारणले अरिङ्गालझैं आक्रमण गर्नुभयो ? मेरा बहुसङ्ख्यक आदरणीय पूर्व अध्यक्षज्युहरु के कति कारणबाट मेरा विरुद्ध आक्रामक ढङ्गबाट प्रस्तुत हुनुभयो ?”

    उद्योग वाणिज्य सङ्घको ३० वर्षे इतिहासमा दमौली बजार इकाईको सदस्यबाट उपसभापति, सभापति हुँदै सङ्घको महासचिव, प्रथम उपाध्यक्ष सम्म अत्याधिक मतका साथ निर्वाचित भएको स्मरण गराउँदै मिश्रले आफू अध्यक्षको स्वभाविक उम्मेदवार भएको बताउनुभयो । “तर मैले निर्वाचनका क्रममा आस्था राखेको राजनीतिक पार्टी एवं वाणिज्य सङ्घका अग्रजहरुको कुनै साथ नपाएर मेरा भाई भतिज एवं शुभेच्छुकहरुको मात्र साथ लिन किन बाध्य हुनुपर्याे ? यसले भविष्यमा के सङ्केत गर्छ र भविष्यमा के कस्तो प्रभाव पार्छ ?” उहाँले प्रश्न गर्नुभएको छ ।

    सङ्घकाे शनिबार सम्पन्न निर्वाचनमा पविन्द्रकुमार श्रेष्ठसँग मिश्र पराजित हुनुभएकाे थियाे ।