जिल्ला प्रहरी कार्यालय तनहुँ प्रदेशको तेस्रो उत्कृष्ट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जिल्ला प्रहरी कार्यालय तनहुँ प्रदेशको तेस्रो उत्कृष्ट

    खबरपुञ्ज संवाददाता

    ४ बैशाख २०७८, आईतवार

    तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँ गण्डकी प्रदेशमा तेस्रो उत्कृष्ट हुन सफल भएको छ । प्रदेश प्रहरी कार्यालयले चालु आर्थिक वर्षमा गरेको कार्यसम्पादन सम्झौतामा तनहुँ प्रहरी कार्यालय तेस्रो हुन सफल भएको हो ।

    गण्डकी प्रदेशका प्रहरी महानिरीक्षक घनश्याम अर्याल र जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अरुण पौडेलबीच कार्यसम्पादन सम्झौता भएको थियो । सम्झौता अनुसारको वार्षिक कार्ययोजना अन्तर्गत प्रहरी कार्यालय तनहुँले शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा कार्यालय व्यवस्थापन लगायतका क्षेत्रमा गरेको कार्यमूल्याङ्कनमा तनहुँले तेस्रो स्थान हासिल गरेको हो ।

    उत्कृष्ट जिल्ला घोषणा गर्न उत्कृष्ट जिल्ला छनौट सम्बन्धी मूल्याङ्कन कार्यविधि २०७७ बमोजिम प्रहरी वरिष्ठ उपरिक्षक मोहनप्रसाद पोख्रेलको संयोजकत्वमा मूल्याङ्कन समिति गठन गरिएको थियो । उक्त समितिले जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई पहिलो र कास्कीलाई द्वितीय उत्कृष्ट घोषित गरेको छ ।