वैशाखभर विद्यालय बन्द गर्ने सरकारको निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    वैशाखभर विद्यालय बन्द गर्ने सरकारको निर्णय

    खबरपुञ्ज संवाददाता

    ५ बैशाख २०७८, सोमबार

    काठमाडौं : सरकारले वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले विद्यालय बन्द गराउने निर्णय गरेको हो। यसअघि स्वास्थ्य मन्त्रालयले सरकारलाई विद्यालय बन्द गराउन सिफारिस गरेको थियो।

    कोभिड-१९ को डबल म्युटेड भाइरस संक्रमण फैलने खतरा रहेको भन्दै सरकारले अन्य क्षेत्रमासमेत मापदण्ड तोक्ने तयारी गरेको छ।

    यसैगरी यातायातसहितका सार्वजनिक स्थानमा मापदण्ड तोकेर सञ्चालन गर्न लगाउने निर्णयसमेत गरेको छ। बैठकले चालू हिउँदे अधिवेशन आज दिउँसो १ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिससमेत गरेको छ।