आज र भाेलि भिटामिन ‘ए’ खुवाइँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आज र भाेलि भिटामिन ‘ए’ खुवाइँदै

    खबरपुञ्ज संवाददाता

    ५ बैशाख २०७८, सोमबार

    काठमाडौं : सरकारले देशभर आज र भोलि राष्ट्रिय भिटामिन  कार्यक्रमअन्तर्गत बालबालिकालाई ‘ए’ खुवाउँदैछ। 

    दोस्रो चरणअन्तरर्गत वैशाख ६ र ७ मा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    यस अभियानअन्तर्गत १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि, ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल दिइनेछ। 

    ६ देखि २३ महिनाका बालबालिकालाई बालभिटा कार्यक्रम लागू भएका जिल्लामा पनि बहुसुक्ष्म पोषक तत्व वितरण गरिदैछ। यसअघि मंसिर ११ र १२ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको थियो।