काठमाडाै : सरकारले कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले एक महिनासम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । साेमबार बसेको मन्त्री परिषद् बैठकले संक्रमणको जोखिम बढेको भन्दै कोरोनाको उच्च जोखिममा रहेका जिल्लामा पठनपाठन बन्द गर्ने निर्णय गर्दै अनलाइन माध्यमबाट लैजाने निर्णय गरेको हो ।
बैठकले काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, बिराटनगर, इटहरी र धरानमा विद्यालय बन्द हुनेछन् । यसैगरी बीरगंज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुुर, नेपालगंज, धनगढी, भीमदत्त नगरमा पनि विद्यालय बन्द हुनेछन् ।