तनहुँ : तनहुँ जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या नौ छ । स्वास्थ्य कार्यालय तनहुँका अनुसार सोमबारसम्म चार महिला र पाँच पुरुषमा कोरोना सङ्क्रमण रहेको हो ।
व्यास नगरपालिकामा चार, शुक्लागण्डकी नगरपालिकामा तीन र घिरिङ गाउँपालिकामा दुई जना सक्रिय कोरोना सङ्क्रमित छन् ।
जिल्लामा हालसम्म परीक्षण गरिएकामध्ये एक हजार चार सय ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यसमध्ये एक हजार चार सय ४४ जना निको भएका छन् भने २५ जनाको कोरोना सङ्क्रमणबाट निधन भएको थियो ।