खेलकुद विकास समितिको अध्यक्षमा अनिल, सचिवमा तुल्सीराम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    खेलकुद विकास समितिको अध्यक्षमा अनिल, सचिवमा तुल्सीराम

    खबरपुञ्ज संवाददाता

    ५ बैशाख २०७८, सोमबार

    तनहुँ : गण्डकी प्रदेश सरकारले खेलकुद विकास समिति तनहुँको अध्यक्षमा अनिल पाण्डेलाई नियुक्त गरेको छ । सामाजिक विकास मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले पाण्डेलाई अध्यक्षमा नियुक्त गरेको हो ।

    सरकारले समितिको उपाध्यक्षमा पदम खाँण, सचिवमा तुल्सीराम पाण्डेलाई नियुक्त गरेको छ । सरकारले एघार वटै जिल्लामा खेलकुद विकास समितिलाई पूर्णता दिएको छ ।