तनहुँमा थपिए पाँच कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा थपिए पाँच कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ५ बैशाख २०७८, सोमबार

    तनहुँ : कोरोनाको जोखिम बढेसँगै तनहुँ जिल्लामा पनि दैनिक रुपमा नयाँ कोरोना सङ्क्रमित थपिँदै गएका छन् । सोमबार मात्रै तनहुँमा पाँच जना कोरोना सङ्क्रमित थपिएका छन् ।

    पोखरास्थित लाईफ केयर एण्ड डायग्नोष्टिक प्रालिमा गरिएको परीक्षणमा तनहुँको घिरिङ गाउँपालिका र शुक्लागण्डकी नगरपालिकामा सङ्क्रमित थपिएका छन् । घिरिङ गाउँपालिका वडा नं १ का ५२ वर्षीय पुरुष र वडा नं ३ का ६६ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    त्यस्तै शुक्लागण्डकी नगरपालिका वडा नं ५ का ३० वर्षीया महिला, ३५ वर्षीय पुरुष र वडा नं २ का २८ वर्षीया महिलामा सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    योसँगै तनहुँमा सक्रिय सङ्क्रमितको सङ्ख्या १४ पुगेको छ ।