तनहुँ : राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी तनहुँले दुई सय एक सदस्यीय कमिटी गठन गरेको छ । सङ्घले जिल्लाका दश वटै पालिकाबाट सदस्य रहने गरी जिल्ला कमिटी दुई सय एक सदस्यीय बनाएको हो ।
सङ्घको चैत ३१ गते सम्पन्न जिल्ला भेलाले संयोजकमा उज्वल खनाल र सहसंयोजकमा सुरेन्द्र अधिकारीलाई चयन गरेको छ ।