बीमा गरेको चार दिनमै निधन भएका गुरुङको परिवारलाई दावी भुक्तानी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • कर्पोरेट

    बीमा गरेको चार दिनमै निधन भएका गुरुङको परिवारलाई दावी भुक्तानी

    खबरपुञ्ज संवाददाता

    ७ बैशाख २०७८, मंगलवार

    तनहुँ : जीवन बीमा गरेको चार दिनपछि निधन भएका व्यास नगरपालिका –७ दुलेपानीका चन्द्र बहादुर गुरुङको परिवारलाई मृत्यु दावी भुक्तानी रकम प्रदान गरिएको छ ।

    सो दावी रकम बापत श्रीमती तथा छोरा मिलन गुरुङलाई रु पॉच लाख १८ हजार प्रदान गरिएको हो । युनियन लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेड भोर्लेटार शाखा मार्फत गुरुङले गत असोजमा जीवन बीमा गर्नुभएको थियो। वार्षिक रुपमा करीब रु ४७ हजार जम्मा गर्ने गरी गुरुङले बीमाङ्क रु पॉच लाखको बीमा गर्नुभएको थियो ।

    कम्पनीका गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्य सहितको टोलीले गुरुङको घरमानै पुगी सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो । सो चेक हस्तान्तरण गर्दै प्रदेश प्रमुख आचार्यले बीमाले आर्थिक रुपमा हुने क्षतिलाई न्युनिकरण गर्ने बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश उपप्रमुख गणेश धमला, स्टार एजेन्सी म्यानेजर ज्ञानेन्द्र ढुङ्गाना, शिव नेपाल लगायतको उपस्थिति रहेको थियो ।