तनहुँ : ठेगाना नखुलेका तनहुँका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पोखरास्थित लाइफ केयर एण्ड डायग्नोष्टिक प्रालिमा गरिएको परीक्षणमा तनहुँका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालयले मङ्गलबार सार्वजनिक गरेको विवरण अनुसार ४२ वर्षीया महिला र ४५ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।