१३ सय बढ्यो सुनको मूल्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    १३ सय बढ्यो सुनको मूल्य

    खबरपुञ्ज संवाददाता

    ८ बैशाख २०७८, बुधबार

    काठमाडौं । बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य एक हजार ३ सय रुपैँयाले बढेर ९२ हजार निर्धारण गरिएको छ ।

    यस अघि मंगलबार सुन प्रतितोलाको ९० हजार ७ सयमा कारोबार भएको थियो । त्यसैगरी चाँदीको मूल्य पनि १० रुपैँयाले बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय १० निर्धारण गरिएको छ । मंगलबार चाँदी एक हजार ३ सय रुपैँयामा कारोबार भएको थियो ।