तनहुँमा थपिए चार कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा थपिए चार कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ७ बैशाख २०७८, बुधबार

    तनहुँ : तनहुँमा बुधबार चार जना कोरोना सङ्क्रमित थपिएका छन् । पोखरास्थित लाइफ केयर एण्ड डायग्नोष्टिक प्रालिमा गरिएको परीक्षणमा तनहुँको व्यास र शुक्लागण्डकी नगरपालिकाका चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    थपिनेमा व्यास नगरपालिकाका तीन र शुक्लागण्डकी नगरपालिकाका एक जना छन् । स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तीमा जनाइए अनुसार व्यास नगरपालिका–२ का २० वर्षीया महिला र १५ र ८२ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी शुक्लागण्डकी नगरपालिका–९ का ८३ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

    तनहुँमा पछिल्लो पटक दैनिक रुपमा कोरोना सङ्क्रमित थपिने क्रम जारी छ ।