विकासमा राजनीति बन्द गरौं : सांसद श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विकासमा राजनीति बन्द गरौं : सांसद श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    ७ बैशाख २०७८, बुधबार

    तनहुँ : तनहुँ क्षेत्र नं १ का सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले विकास निर्माणको काममा राजनीतिक बन्द गर्नुपर्ने बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–१० रामपुरेटारमा आयोजित भलिबल प्रतियोगिताको बुधबार समापन गर्दै सांसद श्रेष्ठले विकासमा कसैले पनि राजनीति गर्न नहुने बताउनुभयो ।

    शिक्षा, स्वास्थ, खानेपानीसँगै पूर्वाधार विकासलाई आफूले प्राथमिकतामा राखेको सांसद श्रेष्ठको भनाई थियो । विगतमा केही काम नगर्नेहरुले अहिले पनि केही काम भएको छैन भन्दै जनतामा भ्रम फैलाउँदै हिँडेको उहाँको आरोप थियो । विकास भएको छ कि छैन भनेर हेर्न तथ्य र तथ्याङ्क केलाउन सांसद श्रेष्ठले आग्रह गर्नुभयो ।

    प्रतियोगितामा सिद्धार्थ युथ क्लव राईनास लमजुङ प्रथम र मूलाबारी टोल विकास भानु द्वितीय र सशस्त्र प्रहरी बल मनकामना गण तृतीय भएको छ । प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ५० हजार, ३० हजार र १५ हजार नगद र शिल्ड प्रदान गरिएको छ ।