तनहुँ : तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले व्यास नगरपालिका–११ रानीगाउँ दरै समाजलाई रु एक लाख प्रदान गर्नुभएको छ । दरै समाजको भवन निर्माणका लागि सांसद श्रेष्ठले रु एक लाख सहयोग गर्नुभएको हो ।
उक्त भवनको बिहीबार सांसद श्रेष्ठले शिलान्यास गर्नुभएको छ । सांसदमा निर्वाचित भएदेखि नै श्रेष्ठले आफूले प्राप्त गर्ने तलबभत्ता जिल्लाका सङ्घसंस्थालाई सहयोग गर्दै आउनुभएको छ ।