ओली र नेपालबीच आज पनि छलफल हुँदै, वार्ता हाेला त सकारात्मक?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ओली र नेपालबीच आज पनि छलफल हुँदै, वार्ता हाेला त सकारात्मक?

    खबरपुञ्ज संवाददाता

    ८ बैशाख २०७८, बिहीबार

    काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज दिउँसो २ बजे छलफल हुने भएको छ। 

    प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल दुगडका अनुसार  नक्सालस्थित होटल मेरियटमा पुनः छलफल हुन लागेको हो। बुधबार पनि उनीहरूबीच छलफल भएको थियो। 

    विधानविपरीत ओलीले पार्टी कब्जा गरेको आरोप नेपाल पक्षले लगाउँदै आएको छ। नेपाल पक्षमाथि भने पार्टी विभाजन गर्ने उद्देश्यले काम गर्न थालेको आरोप ओली पक्षले लगाउँदै आएको छ। 

    लामो समयको रस्साकस्सीपछि भएको ओली र नेपालबीचको वार्तालाई महत्त्वका साथ हेरिएको छ।