भिमाद–८ का वडाध्यक्ष श्रेष्ठ र सेवाग्राहीबीच घम्साघम्सी (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भिमाद–८ का वडाध्यक्ष श्रेष्ठ र सेवाग्राहीबीच घम्साघम्सी (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    ८ बैशाख २०७८, बिहीबार

    दुलेगौँडा : भिमाद नगरपालिका–८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठ र सेवाग्राही चिरञ्जिवी खनालबीच हात हालाहाल भएको छ । बिहीबार बिहान ११ बजेपछि वडा कार्यालयको नजिकै नवदुर्गा टोलमा यी दुई बीच हात हालाहालको स्थिति आएको हो ।

    सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको ४० सेकेण्डको भिडिओमा वडाध्यक्ष श्रेष्ठले मुक्का प्रहार गरेको र ढुंगा टिपेर हान्न खोज्नुभएको छ । वडाध्यक्ष श्रेष्ठलाई केही व्यक्तिले सम्हाल्न खोजेको देखिन्छ । तैपनि वडाध्यक्ष श्रेष्ठ अपशब्द बोल्दै मुक्का प्रहार गर्न प्रयासरत देखिनुहुन्छ ।

    आफू फिल्डमा भएको बेला सेवाग्राहीले हातपात गरेपछि प्रतिकार गरेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । ‘हकवालाको सिफारिस लिन आउनुभएको थियो । एक जना सुकुम्बासी महिला बस्दै आएको उहाँको पूर्जामा रहेको जग्गामा घर बनाउन रोक्नुभएको छ । यो केशमा छलफल नगरीकन समाधान नगरीकन तिम्रा मात्रै कुरा गरेर हुन्छ ? सामाजिक हुनुप¥यो नि भनेपछि आक्रोशित भए,’ उहाँले भन्नुभयो ।

    आफ्नो पुर्जामा पर्ने जग्ग्गामा एक जना सुकुम्बासी महिलालाई घर बनाउन रोकिदिएको रिसिबी साँधेर सिफारिस नदिएको सेवाग्राही खनाल बताउनुहुन्छ । ‘तैले त्यो लाँटीलाई घर बनाइदिन्छस भने साइन गर्छु । नत्र वडामा तेरो कुनै पनि काम हुँदैन् भन्नुभो । मैले उहाँलाई म आज इर्मेजेन्सी जानुपर्नेछ । यसमा साइन गर्दिनुस । उहाँ काम सकेर आउँछु । भोलि आइसकेपछि सल्लाह गरेर के कसरी हुन्छ निचोडमा जाउँला भन्दै हुनुहुन्थ्यो । उहाँले एक्कासी आवेशमा आएर हिर्काउनुभो,’ उहाँले सुनाउनुभयो ।