काठमाडाै : कैलालीमा आइसोलेसन सेन्टरमा लैजाने क्रममा कोरोना पोजेटिभ सात जना एम्बुलेन्सबाटै भागेका छन्। बिहीबार गौरीफण्टा हुँदै नेपाल आएका सात जना भारतीय नागरिकको त्रिनगर नाकामा एन्टिजेन विधिबाट परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।
रिपोर्ट पोजेटिभ आएपछि उनीहरूलाई सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समा धनगढी-१५ कनरीमा रहेको आइसोलेसनमा पठाउने क्रममा भागेका सँगै बसेका संक्रमितलाई उद्धृत गर्दै त्रिनगर नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्य कार्यालय कैलालीका कर्मचारी जयराज ढुंगानाले बताउनुभयाे ।
उनीहरू बेलीको जंगलमा पसेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक भरत चौधरीले यसबारे खबर नआएको बताउनुभयाे । (सेताेपाटीबाट)