दमौलीमा एभरेष्ट बैङ्कको शाखा उद्घाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    दमौलीमा एभरेष्ट बैङ्कको शाखा उद्घाटन

    खबरपुञ्ज संवाददाता

    १० बैशाख २०७८, शुक्रबार

    दमाैली : तनहुँको सदरमुकाम दमौलीमा एभरेष्ट बैङ्कको शाखा उद्घाटन गरिएको छ । व्यास नगरपालिका–२ मा विस्तार गरिएको शाखाको शुक्रबार व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गर्नुभएको छ ।

    सो अवसरमा नगरप्रमुख न्यौपानेले सुरक्षित वातावरणमा मात्र आर्थिक गतिविधि चलायमन हुन सक्ने बताउँदै व्यास नगरपालिका सुरक्षित भएका कारण बैङ्कको आकर्षण बढेको बताउनुभयो । बैङ्कले सहज र सरल सुलभ व्यवसायी तथा सर्वसाधारणलाई सेवा दिनुपर्नेमा नगरप्रमुख न्यौपानेले आग्रह गर्नुभयो ।

    नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले राम्रा योजना छनौट गरेर बैङ्कले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले कोभिडका कारण अप्ठ्यारोका परेका व्यवसायीहरुलाई राहत दिने खालका योजना ल्याउन आग्रह गर्नुभयो ।

    दमौलीमा विस्तार भएको शाखा एक सय तीन औं शाखा हो । २६ वर्ष पहिला स्थापना भएको बैङ्कको एघार लाख सन्तुष्ट ग्राहक रहेको बैङ्कका गण्डकी प्रदेश प्रमुख राजु गौलीले जानकारी दिनुभयो । गण्डकी प्रदेशमा बैङ्कका दश वटा शाखा सञ्चालनमा छ ।

    बैङ्कले घर कर्जा, सौगात बचत खाता, सवारी साधन कर्जा, नारी बचत खाता, शैक्षिक कर्जा लगायतका सेवा प्रवाह गरिरहेको छ ।