तनहुँ : निर्माण व्यवसायी महासङ्घको आयोजना तथा तनहुँको सहकार्यमा दमौलीमा इबिडिङ तालिम शुरु भएको छ । निर्माण व्यवसायीलाई विद्युतीय माध्यमबाट बिडिङ गर्न जानकारी प्रदान गर्ने उद्देश्यले सङ्घले दुई दिने तालिम आयोजना गरेको हो ।
शुक्रबार र शनिबार सञ्चालन हुने तालिममा तनहुँ, लमजुङ, गोरखाका निर्माण व्यवसायीको सहभागिता रहेको छ । तालिममा प्रशिक्षक ओम प्याकुरेल र हिमेश गौतमले सहजीकरण गर्ने सङ्घका महासचिव रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।
सङ्घका अध्यक्ष रत्नकुमार श्रेष्ठले निर्माण इबिडिङमार्फत् काम गर्ने क्रममा निर्माण व्यवसायीलाई कठिन हुने गरेकाले तालिमको आवश्यकता देखिएको बताउनुभयो ।