महालक्ष्मी बैङ्कद्वारा प्रहरीलाई फ्लोरेसेन्ट ज्याकेट सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    महालक्ष्मी बैङ्कद्वारा प्रहरीलाई फ्लोरेसेन्ट ज्याकेट सहयोग

    खबरपुञ्ज संवाददाता

    १० बैशाख २०७८, शुक्रबार

    तनहुँ : महालक्ष्मी विकास बैंङ्क दमौली शाखाले जिल्ला प्रहरी कार्यालय तनहुँलाई फ्लोरेसेन्ट ज्याकेट सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखाले प्रहरीलाई एक सय थान ज्याकेट सहयोग गरेको हो ।

    अपराध तथा सवारी दुर्घटना रोकथामका लागि बैङ्कले प्रहरीलाई ज्याकेट सहयोग गरेको छ । उक्त ज्याकेट शुक्रबार बैङ्कका शाखा प्रबन्धक सुदिप न्यौपानेले प्रहरी उपरिक्षक अरुण पौडेललाई हस्तान्तरण गर्नुभयो । न्यौपानेका अनुसार बैङ्कले रु ५८ हजार बराबरको ज्याकेट प्रहरीलाई हस्तान्तरण गरेको हो ।

    No description available.

    प्रहरीले लगाउने ज्याकेट रातको समयमा टाढैबाट देखिने भएकाले तीव्र गतिमा सवारी चलाउनेलाई नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको न्यौपानेले बताउनुभयो । प्रहरी उपरिक्षक पौडेलले बैङ्कको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमले प्रहरीलाई आफ्नो कार्यमा थप टेवा पुग्ने बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख डोलेन्द्रबहादुर हमालले बैङ्कले ज्याकेट उपलब्ध गराएपछि रातमा पनि प्रहरीले सजिलै सवारी साधनहरुको चेकजाँच गर्न सक्ने बताउनुभयो ।

    बैङ्कले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत थप प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएको छ । हाल बैङ्कको देशभर एक सय तीन वटा शाखा छ ।